बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

गुरु ट्राभल्स तथा ग्लोबल आइ एम ई बैंकबिच सम्झौंता

बिहिबार, जेष्ठ ३१ २०८१

काठमाडौं । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरू ट्राभल्स लिमिटेड तथा नेपालको बैंक तथा वित्तीय क्षेत्रमा सशक्त रूपमास्थापित÷क्रियाशील वाणिज्य बैंक ग्लोबल आइ एम ई बैंकबीच व्यवसायिक सम्झौंता भएको छ । ग्लोबल आइ एम ई बैंकको नक्साल शाखा प्रबन्धक पवन कुमार पौडेल तथा गुरू ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलबाट हस्ताक्षरित सहमतिपत्र बुधबार आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

सहमतिपत्रमा उल्लेख भए बमोजिम ग्लोबल आइ एम ई बैंकका कर्मचारी तथा ग्राहकहरूलाई गुरू ट्राभल्स लिमिटेडले विभिन्न ट्राभल प्याकेजहरुमा १० लाख रुपैंयाँसम्मको स्पेशल डिस्काउण्टका साथै अन्य विभिन्न आकर्षक सुविधाहरू उपलब्ध गराउनेछ । यस्तै गुरु ट्राभल्स लिमिटेडका कर्मचारी एवम् ग्राहकहरूले बैंकमा ट्राभलकार्ड तथा डलरकार्ड खरिदमा पाँच सय रुपैंयाँ बराबरको स्पेशल डिस्काउण्ट लगायत अन्य विविध सेवामा अफरहरू प्राप्त गर्ने जनाइएको छ । सामाजिक अभियानहरू तथा संस्थागत सामाजिक क्रियाकलापहरूमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ ।

कार्यक्रममा ग्लोबल आइ एम ई बैंकको नक्साल शाखा प्रबन्धक पवन कुमार पौडेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे । गुरू ट्राभल्स लिमिटेडका साथमा भएको व्यावसायिक सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्न थप योगदान पुग्ने विश्वास समेत उनले व्यक्त गरे ।