काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन आठ दशमलव ९० अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन ३३ दशमलव १५ अंकले बढेर २१ सय १५ दशमलव २४ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १८ अंकले बढेर तीन सय ७३ दशमलव २३ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ११ वटा कम्पनीहरुको ७४ हजार आठ सय ७७ पटकको कारोबारमा एक करोड २६ लाख ६५ हजार तीन सय २९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ५५ करोड ५३ लाख ६१ हजार सात सय ३९ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दशमलव शुन्य पाँच अंकले बढेर एक हजार एक सय १७ दशमलव ५० अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि ५७ दशमलव २९ अंकले बढेर चार हजार ८५ दशमलव ३७ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ४६ दशमलव ८० अंकले बढेर २२ सय ११ दशमलव २८ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ६६ दशमलव ७१ अंकले बढेर २६ सय ४४ दशमलव ५३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ४१ दशमलव ११ अंकले बढेर १० हजार दुई सय ६४ दशमलव ५७ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ३३ दशमलव ५७ अंकले बढेर १० हजार आठ सय ८८ दशमलव ११ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहहरुको सुुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बरुण हाईड्रोेपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सामलिङ पावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड पहिलो स्थानमा परेको छ ।