काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले सोमबार सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाण्डौंको नक्साल स्थित आम्रपाली ब्याकेटमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/०८०कोल्ँच्क् बमोजिम को वासलात, नाफा नोक्सान हिसाब,इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि सहितको वित्तीय विवरण उप रछलफल गरी सर्वसम्म्तिबाट पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्ता पुँजी चार अर्बको २५ प्रतिशतले हुन आउने एक अर्ब बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने पाँच करोड २६ लाख ३१ हजार पाँच सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६ दशमलव ३१ प्रतिशत लाभांश पारित गरेको छ ।
सभामा सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालककोपदमा रबिन कुमार नेपाल निर्विरोध निर्वाचित भएका छन् । सभाले सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत सञ्चालकले पाउने सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा पुनरावलोकनको प्रस्ताव समेत पारित गरेको छ । बोनस शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी पाँच अर्व रुपैंयाँ कायम हुने भईहाल कायम कम्पनीको पूँजी संरचना परिवर्तन हुने भएकोले कम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा सोही बमोजिम संशोधन गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । साथै,सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलार्ई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको मिति २०८०/०९/०४ गते बसेको सञ्चालक समितिको १८०औं बैठकले सञ्चालक समितिमा रिक्त रहेको संस्थापक शेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थापक शेयरधनीहरुबाट सञ्चालकहरुको नियुक्ति गरेकोमा सो नियुक्ति अनुमोदन गरेको छ । सभाले कम्पनी ऐन, २०६३ को दफा १०५(१) (ग) बमोजिम कम्पनीको आर्थिक वर्ष २०७९/०८० मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गरेको छ । उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले कम्पनीको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवं ग्राहक सेवा प्रति निरन्तर प्रतिबद्ध रहने कुरा बताए ।
सभाको अन्त्यमा सभाका अध्यक्षले कम्पनीकोे उन्नति र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्ने शेयरधनी महानुभावहरु, नियामक निकायहरु, समस्त बीमितहरु, बैंक तथा वित्तीय संस्थाहरु, पुनर्बीमा कम्पनीहरु, कर्मचारीहरु, अभिकर्ताहरु तथा सम्पूर्ण शुभेच्छुकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै सभा विर्सजन गरे ।