बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेप्सेमा करेक्सन, झण्डै नौं अंकले बढ्दा पाँच अर्ब ४९ करोडको सेयर किनबेच

सोमबार, जेष्ठ २८ २०८१

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन चार दशमलव ६९ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने आठ दशमल ९० अंकले बढेर दुई हजार ८२ दशमलव शुन्य नौं अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८६ अंकले बढेर तीन सय ६९ दशमलव शुन्य पाँच अंकमा चढेको छ । नेप्सेमा आज तीन सय १४ वटा कम्पनीहरुको ७१ हजार नौं सय ४८ पटकको कारोबारमा एक करोड १६ लाख ३४ हजार छ सय १८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ४९ करोड छ लाख नौं हजार सात सय ८९ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा छ वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव २५ अंकले घटेर एक हजार ९८ दशमलव ४५ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि २४ दशमलव ७९ अंकले घटेर १० हजार २३ दशमलव ४५ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने १४ दशमलव ६६ अंकले बढेर चार हजार २८ दशमलव शुन्य सात अंकमा चढेकोमा फाईनान्स समुहको सुचक पनि २५ दशमलव ९३ अंकले बढेर २१ सय ६४ दशमलव ४८ अंकमा चढेको छ । यसैगरी जलबिद्युत समुहको सुचक पनि ५० दशमलव ७४ अंकले बढेर २५ सय ७७ दशमलव ८२ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ३४ दशमलव ८८ अंकले बढेर १० हजार छ सय ५४ दशमलव ५३ अंकमा पुगेको छ । यि बाहेक उत्पादनमुलक, लघुवित्त र लगानी समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा जानकी फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।