बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सुदूरपश्चिम सरकारमा एमाले र माओवादी जाने तयारीमा

सोमबार, जेष्ठ २८ २०८१

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज सरकार बिस्तारको तयारी गरिएको छ । आज एमाले, माओवादी र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री दीर्घबहादुर सोडारीले तयारी गरेका छन् । एमालेले सरकारमा सहभागी हुनेहरूको नाम टुङ्गो लगाइएको छ ।

एमाले स्रोतका अनुसार सुरेन्द्र पाल, वीर बहादुर थापा र हिरा सार्की मन्त्री बन्ने लाइनमा छन् । पालले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने स्रोतको दाबी छ । अन्य दुई जनाको मन्त्रालय टुङ्गिएको छैन्।

एमालेले मन्त्रीको टुङ्गो लगाउँदा माओवादी केन्द्रबाट भने मन्त्रिहरुको टुंग्गो लागेको छैन्। माओवादी केन्द्रले सुरुमा ओम विक्रम भाट ‘सरल’ र अक्कल रावललाई मन्त्री बनाउने तयारी गरेको थियो । तर, हिजो बसेको संसदीय दलको बैठकमा माओवादीबाट सबैजसो सांसदले मन्त्रीको आकाङ्क्षा गरेपछि मन्त्रीको नाम टुङ्गो लगाउन समस्या भएको बैठकमा सहभागी माओवादीका एक सांसदले जानकारी दिए ।

माओवादीबाट रमेश धामी, ‘सरल’ र लक्ष्मी विक मध्ये एक जना मन्त्री बन्ने छन् भने शिव ओली, झपट साउद र अक्कल रावल मध्ये एक जना मन्त्री बन्ने छन्।

आजै माओवादी संसदीय दलका नेता मानबहादुर धामीले मन्त्रीको नाम टुङ्गो लगाउने नभए इन्चार्ज गिरिराजमणि पोख्रेललाई जिम्मा दिने छलफल गरिएको थियो ।स्वतन्त्र सांसद डा। तारा जोशीलाई सरकारमा ल्याउने तयारी गरिएको छ।