काठमाडौं । नेप्से सामान्य अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से चार दशमलव ५९ अंकले घटेर दुई हजार ७३ दशमलव १९ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १५ अंकले घटेर तीन सय ६८ दशमलव १८ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय १३ वटा कम्पनीहरुको ६९ हजार दुई सय १९ पटकको कारोबारमा एक करोड चार लाख ५२ हजार एक सय २८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब १८ करोड ९० लाख ७९ हजार पाँच सय २२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेको छ । सो मध्ये होटल तथा पर्यटन समुहको सुचक एक सय ५५ दशमलव शुन्य नौं अंकले बढेर पाँच हजार चार सय ५७ दशमलव अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि २४ दशमलव १७ अंकले बढेर २५ सय २७ दशमलव शुन्य सात अंकमा पुगेको छ । यसैगरी लगानी, उत्पादनमुलक र अन्य समुहको सुचक पनि बढेकाछन् । बाँणिज्य बैंक समुहको सुचक भने १० दशमलव ७४ अंकले घटेर एक हजार ९८ दशमलव ७१ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि २४ दशमलव १४ अंकले घटेर चार हजार १३ दशमलव ४० अंकमा झरेको छ । यसैगरी फाईनान्स समुहको सुचक पनि १९ दशमलव ६७ अंकले घटेर २१ सय ३८ दशमलव ५५ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ६९ दशमलव ६६ अंकले घटेर १० हजार ४८ दशमलव २५ अंकमा झरेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ४८ दशमलव ४७ अंकले घटेर १० हजार पाँच सय १९ दशमलव ६५ अंकमा झरेकोमा लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिला स्थानमा इष्र्टन हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी नेपाल परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।