बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

स्रोत नखुलेको रकमसहित चार जना चिनियाँ नागरिक पक्राउ

बिहिबार, जेष्ठ २४ २०८१

भक्तपुर । सूर्यविनायक नगरपालिका–१० भातेढिकुरबाट स्रोत नखुलेको रकम ६९ लाख ५ हजार रूपैयाँसहित ४ जना चिनियाँ नागरिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चीन घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीयझाङ युआन, ५० वर्षीयनिङ झियालिन, २४ वर्षीयकाओ होरानर ३६ वर्षीय डेना लाइयुरहेका छन् । साँगाबाट जगातीतर्फ आउँदै गरेको बा.२ ज ५१६ नम्बरको ट्याक्सीलाईप्रहरीले जाँच गर्ने क्रममा ट्याक्सीमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व् कार्यालय भक्तपुरमा बुझाएकोजिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।