बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कामना सेवा विकास बैंकका ग्राहकलाई सिद्धबाबा चस्मा पसलमा बिशेष छुट

बिहिबार, जेष्ठ २४ २०८१

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीहरुका लागि रुपन्देहीको बुटवलमा रहेको जय सिद्धबाबा चस्मा पसलले आफ्ना सेवामा बिशेष छुट दिने भएको छ । बैंक र सिद्धबाबा चस्मा पसलबीच हालै यस्तो सम्झौता भएको हो ।

नयाँ सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले उक्त चस्मा पसलले प्रदान गर्ने विभिन्न सेवा–सुविधामध्ये ब्राण्डेड चस्मामा २५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बताइएको छ ।

सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण व्यक्तिहरुले विशेष लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्नो १३५ सञ्जाल तथा ७७ एटीएम र विभिन्न शाखारहित सेवा केन्द्र मार्फत् अत्याधुनिक सेवा दिँदै आएको छ ।