काठमाडौं । नेपाल एसबिआई बैंक र भुक्तानी प्रदायक कम्पनी इसेवाबिच सम्झौंता भएको छ । इसेवा नेटवर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको बैंकले जानकारी दिएको छ ।
सम्झौताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, काउन्टर डिपोजिट लगायत बैंकका च्यानलहरू मार्फत ग्राहकहरूलाई आफ्नो इसेवा वालेटमा रकम स्थानान्तरण गर्न सहज बनाउने छ । साथै, यस सम्झौताले इसेवा प्लेटफर्म मार्फत तत्कालै खाता क्रेडिट गरी व्यापार भुक्तानीहरू सहजीकरण गर्न सहयोग पू¥याउने छ । सम्झौता पत्रमा बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे को उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा र इसेवाका तर्फबाट प्रमूख कार्यकारी अधिकृत, जगदिस खड्काले हस्ताक्षर गरेका थिए ।
सम्झौंता कार्यक्रममा बैंकका प्रमूख संचालन अधिकृत यादवेन्द्र कांत, प्रमूख प्रविधि अधिकृत, सुनन्द मल्होत्रा, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र इसेवाका प्रमूख रणनीति अधिकारी, रवि शाक्य लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । बैंकले हाल सबै क्षेत्रमा गरी ९७ वटा शाखा, २२ वटा एक्स्टेन्सन काउन्टर, सात वटा प्रादेशिक कार्यालय, एउटा कर्पोरेट कार्यालय र एक सय २१ एटिएम काउन्टर मार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको जानकारी दिएको छ ।