बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

भारतको लोकसभा निर्वाचनको मतगणना जारी, सुरुवाती रुझानमा भारतीय जनता पार्टी नेतृत्वको एनडीए अगाडि

मंगलबार, जेष्ठ २२ २०८१

काठमाडौं। भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ। बिहान ८ बजेदेखि सुरु भएको मतगणनामा भारतीय जनता पार्टी नेतृत्वको एनडीए अगाडि देखिएको छ।

अहिलेसम्म करिब ५०० सिटको शुरुवाती रुझानमा एनडीएको २७० र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनको २०० सिटमा अगाडी रहेको छ ।

भारतमा लोकसभाको निर्वाचन १९ अप्रिल देखि १ जुनसम्म गरि सात चरणमा भएको थियो । जसमा २८ राज्य र ८ केन्द्र शासित प्रदेशका ५४२ सिटमा लगभग ६५.१४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।