शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

गृहमन्त्री लामिछानेले सदनमा उभिएर दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन गगन थापाको माग

आइतबार, जेष्ठ २० २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सदनमा उभिएर दिएको अभिव्यक्ति रेकर्डबाट नहटाइए प्रधानमन्त्रीसँग हिसाब–किताव गरिने चेनावनी दिएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले सदन चटक गर्ने ठाउँ नभएको स्मरण गराउँदै लामिछानेले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट नहटाइए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हिसाव–किताव गरिने चेतावनी दिएका हुन् ।

यस्तै थापाले संसदीय छानबिन समितिको कार्यक्षेत्रमा गृहमन्त्रीको नाम राख्न नसकिए पनि उनी छानविनको दायराबाट बाहिर नरहेको बताए ।

महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई उन्मुक्ति दिनुपर्ने पक्षमा आफूहरु रहेको बताए ।

उनले भने,‘सूर्यदर्शनलगायत सहकारीबाट गोरखा मिडियामा गएको पैसा । गोरखा मिडियाका जिबी, छवि होस कि रवि, दोषी देखिए कानूनबमोजिम कारबाही गर्न सिफारिश गर्छ । नखाएको हो भने विष लाग्नुहुँदैन् । सहकारीको अरबौं रकम ठग्ने १६÷१७ वटा ग्यांग र गिरोह छ । सहकारी ठगहरुको सन्दर्भमा जति शक्तिशाली भएपनि अब कारबाही हुन्छ । सदनलाई ढाँट्ने प्रहरी महानिरीक्षक होस वा महान्यायाधिवक्ता होस, यो समितिले कारबाही गर्छ ।’