बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

प्रभु बैंकलाई एकपछि अर्को सफलता, इन्फोसिस फिनाकल इनोभेशन अवार्ड–२०२४ बाट सम्मानित

आइतबार, जेष्ठ २० २०८१

काठमाडौं । गएको मंसिरमा मात्र ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गर्न सफल भएको प्रभु बैंकलाई फेरी अर्को सफलता हात परेको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ बाट सन् २०२३ को ‘बैंक अफ दि इयर’ उपाधी पाएको केही महिना नपुग्दै बैंक इन्फोसिस फिनाकल इनोभेशन अवार्ड २०२४ बाट सम्मानित भएको हो ।

डिजिटल इन्गेजमेन्ट इनोभेसन विधाको गोल्ड अवार्ड पाएको बंकले जानकारी दिएको छ । बैंकका अनुसार डिजिटल संलग्नतालाई उच्चतम बनाएकोमा बैंकलाई उक्त अवार्ड दिईएको हो । डिजिटल इकोसिस्टममा सुधार गर्दै ग्राहकको सुविधा र सुरक्षासहितको सेवालाई लागि हामीलाई उक्त अवार्ड दिईएको हो, बैंकले भनेको छ ।

यसअघि बैंकले बैंक अफ दि एयर २०२३ अवार्ड पाएको थियो । यो अवार्डलाई बैंकिङ उत्कृष्टताको मानक अर्थात् ‘बैंकिङ उद्योगको ओस्कार’ मानिन्छ । विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँ बजार र ग्राहकहरूको व्यवसायको विकास गर्न चुनौतीहरूको सामना गर्दै अधिक नागरिकलाई वित्तीय सेवा पुर्याएको, प्रतिस्पर्धी बैंकका बिचमा विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्यसम्पादन गर्ने क्षमताको मूल्यांकन मापपदण्डका आधारमा अवार्डबाट सम्मानित भएको हो ।

सन् २००६ सालमा प्रभु फाइनान्सबाट सुरु भएको हाम्रो यात्रा आफुलाई समयक्रमसँगै सृदृढ, विस्तारित तथा बिभिन्न बैंकलाई समाहित गर्दै आजको सफलता सम्म आइपुगेको हो । प्रभु बैंक आज तीन सय बढी शाखा सञ्जाल, ७१ भन्दा एक्सटेन्शन काउण्टर, तीन सय १० एटिएम मार्फत देशव्यापी रुपमा ३१ लाख भन्दा बढी सेवाग्राहीलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गरिरहेको छ । २०७९ पुसमा सेञ्चुरी बैंक प्रभुमा विलय गराएर एकिकृत कारोबार सुरु गरेको हो । सेञ्चुरी सहित बैंक, विकास बैंक र फाइनान्स कम्पनी गरेर आठ वटा बैंक तथा वित्तीय संस्था गाभिएका छन् ।