काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी छ। शुक्रबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा दलको बैठक बसेको हो ।
बैठकमा जेठ १५ गते संसद्मा पेश भएको आगामी वर्षको बजेट सम्बन्धमा छलफल भइरहेको छ ।
अर्थमन्त्री वर्षमान पुनले गत मंगलबार आर्थिक वर्ष २०८१र०८२ को बजेट प्रस्तुत गरेका थिए ।