शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

सत्ताबाट बाहिरिएपछि सडक–सदन संघर्षमा कांग्रेस

बिहिबार, जेष्ठ १० २०८१

काठमाडौं । सत्ताबाट बाहिरिएको दुई महिनामै नेपाली कांग्रेसले सदन र सडक दुवै ठाउँबाट सरकारविरुद्ध संघर्ष गर्ने भएको छ । सहकारी पीडितको न्यायको नाममा कांग्रेसल संसद्मा जारी संघर्षलाई जनस्तरमा लैजाने भएको छ ।

बुधबारदेखि सुरु हुने कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितसँगको सहकार्यमा सडक केन्द्रित कार्यक्रम सञ्चालन गर्ने निर्णय लिएको छ ।

सहकारीबाट लाखौँ बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना भएको र त्यसमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको आरोप लगाउँदै सदनमा अवरोध गर्दै आएको छ । कांग्रेसको मागमा विपक्षी दलहरूले समेत ऐक्यबद्धता जनाइसकेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुनेगरी केन्द्रीय पदाधिकारी, सदस्यहरू, प्रदेश सभापति, प्रदेश संसदीय दलका नेता र संघीय संसद्का सदस्यहरूलाई बोलाइएको छ ।