बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

देउवाले बोलाए विपक्षी दलहरुको सम्युक्त बैठक

आइतबार, जेष्ठ ६ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक बोलाएका हुन् ।

आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न कांग्रेसले विपक्षी दलका नेताहरुको संयुक्त बैठक बोलाएको हो ।

बैठक बिहान १० बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको छ ।

यस अघि शुक्रबार पनि कांग्रेससहितका विपक्षी दलहरुले संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गरेका थिए ।

आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक अघि सभामुख देवराज घिमिरेले पनि प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको थियो ।

शनिबार सत्ता र प्रतिपक्ष दलहरुबीच संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ ।