बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

हिजो रेकर्ड बनाएको सुनको भाउ आज घट्यो

शुक्रबार, जेष्ठ ४ २०८१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

बिहीबार प्रतितोला १ लाख ४० हजार रूपैयाँमा कारोबार भएर रेकर्ड बनाएको छापावाल सुनको मूल्य शुक्रबार घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६ सय ५० रूपैयाँ कायम भएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।