काठमाडौं । वर्षाको कारण खेल रद्द भएसँगै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ।
गुजरात प्लेअफमा पुग्नका लागि गए रातिको खेल जित्नैपर्ने दबाबमा थियो । तर, कोलकाता नाइट राइडर्ससँगको खेल वर्षाका कारण रोकिँदा अंक बाँडेसँगै गुजरात प्लेअफबाट बाहिरिएको हो ।
यससँगै गुजरातले १३ खेलमा ५ जित र एक खेलमा अंक बाडिँदा ११ अंक बटुल्दै अंकतालिकाको आठौँ स्थानमा छ । उता १३ खेलमा ९ जित र १ खेलमा अंक बाँड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । कोलकाता यसअघि नै प्लेअफमा पुगिसकेको छ ।
अहिलेसम्म कोलकाता अंकतालिकाको शीर्ष स्थानमा छ भने राजस्थान रोयल्स दोस्रो, चेन्नई सुपर किङ्स तेस्रो तथा सनराइजर्स हैदरावाद चौथो स्थानमा छ ।
आईपीएलमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीच राति पौने ८ बजे सुरु हुनेछ ।