काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।
मंगलबार राति अरुण जेटली स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्यलाई २० रनले पराजित गरेको हो ।
दिल्लीले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्स २० ओभरमा ८ विकेट गुमाएर २०१ रनमा समेटियो ।
राजस्थानका लागि कप्तान सन्जु सामसनले सर्वाधिक ८६ रनको योगदान दिए । यस्तै, रियान प्रयागले २७, शुभम दुबेले २५, जोस बटलरले १९ र रोभमन पावेलले १३ रन जोड्दा ओपनर यशस्वी जैसवाल ४ र रविचन्द्रन आश्विन २ रनमै पवेलियन फर्किएका थिए ।
दिल्लीका लागि कुलदीप यादव, मुकेश कुमार र खलिल अहमदले समान २/२ विकेट तथा अक्षर पटेल र रसिख सलामले १/१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ गुमाएर २ सय २१ रनको योगफल तयार पारेको थियो । दिल्लीका लागि अभिषेक पोरेलले सर्वाधिक ६५ रनको योगदान दिए ।
यस्तै, जेक फ्रेजर मैकगर्कले ५० र ट्रिस्टन स्टब्सले ४१ रन जोडे । यसैगरी, गुलबदीन नाइबले १९, अक्षर पटेल र ऋषभ पन्तले समान १५/१५, रसिक सलामले ९ र कुलदीप यादवले ५ रनको योगदान दिए ।
राजस्थानका लागि रविचन्द्र आश्वनले ३ तथा युजवेन्द्र चाहल, ट्रेन्ट बोल्ट र सन्दीप शर्माले समान १/१ विकेट लिए ।
जितसँगै दिल्ली १२ खेलबाट १२ अंकका साथ लिगको पाँचौँ स्थानमा उक्लिएको छ । पराजित राजस्थानमा भने ११ खेलबाट १६ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।