बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

जसपा नेपालको संसदीय दलको बैठक बस्दै

पार्टी विभाजनपछिको अवस्था र सरकारमाथिको समर्थनलगायतका विषयमा छलफल हुने

मंगलबार, बैशाख २५ २०८१

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बस्दैछ । बैठक आज बिहान ८ बजेबाट पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्न लागेको हो ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुनेछ । आईतवार मात्रै ७ जना प्रतिनिधि सभा सदस्यसहित अशोक राईले जनता समाजवादी पार्टी गठन गरी दर्ता भइसकेको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिकाको भ्रमणमा रहेका बेला उनको दल विभाजन भएको हो । आफू विदेशमै भएको बेला अशोक राईको नेतृत्वमा बहुमत सदस्यले पार्टी फुटाएपछि यादव भ्रमण छोट्याएर गएराति स्वदेश फर्किएका छन् । उनी न्यूयोर्कस्थित यूएन सेक्रेटरियटमा आयोजित विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा भाग लिन गत शनिबार त्यता गएका थिए ।

यसैबीच यादवले संसदीय दलको बैठक बोलाएका छन् ।

प्रतिनिधि सभामा १२ सांसद भएकाे जसपामा अब उपेन्द्र यादवसँग जम्मा ५ जना मात्रै सांसदहरु छन् ।

केहीबेरपछि बस्ने बैठकमा पार्टी विभाजनपछिको अवस्था र सरकारमाथिको समर्थनलगायतका विषय साथै भावी रणनीतिबारे संसदीय दलको बैठकमा छलफल हुने बताइएको छ ।