शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आईपीएलमा आज दुई खेल हुँदै, बेंगलुरुले गुजरातलाई हरायाे

आइतबार, बैशाख २३ २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई  खेल हुँदैछन् ।

पहिलो खेल पञ्जाब किंग्स र चेन्नई सुपर किंग्सबीच नेपाली समयअनुसार दिउँसो पौने ४ बजे खेल हुनेछ ।

यस्तै दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स र कोलकात्ता नाइट राइडर्स खेल्दैछन् । यो खेल बेलुका पौने ८ बजे शुरु हुनेछ ।

गएराति भएको खेलमा बेंगलुरुले गुजरातलाई ४ विकेटले हराएको छ । गुजरातले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको बेंगलुरुले १३ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो । बेंगलुरुका कप्तान फ्लाप डु प्लेसिसले सर्वाधिक ६४ रन बनाए ।

त्यसअघि टस हारेर पहिला व्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो ।

जितसँगै बेंगलुरु ११ खेलमा ४ मा जित र ७ मा हार व्यहोरेर ८ अङ्कका साथ तालिकाको सातौँ स्थानमा उक्लेको छ ।