काठमाडौं । गृहमन्त्रालयले १६ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ ।
जसअनुसार सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ देहायका सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुको सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ को उपनियम १ को (ख) अनुसार डीआईजीहरूको सरुवा गरिएको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक विभाग प्रमुख चन्द्र प्रकाश गौतमले जानकारी दिए ।
उनका सशस्त्र प्रहरी मुख्यालयको मानव स्रोत विभागका डीआईजी किशोर प्रधानको पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सरुवा भएको छ ।
डीआईजी कमल गिरीकाे राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा यस्तै डीआईजी अभिकुमार खत्रीकाे विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही सरुवा भएको छ ।



