बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर स्वदेश फिर्ता

बुधबार, बैशाख १९ २०८१

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर स्वदेश फर्किएका छन् । फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी भई बुधबार स्वदेश फर्किएका हुन् ।

कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए ।

कुँवरले इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्समा भएको कार्यक्रममा मित्रराष्ट्रहरू भारत, चीन र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय छलफल पनि गरेका थिए । उनले आपराधिक घटनाको सूचना आदान प्रदान, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि एवम् पारस्परिक सहयोगका बिषयमा छलफल गरेका हुन् ।

प्रहरी महानिरीक्षक कुँवर कन्फरेन्समा सहभागी हुन वैशाख १० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । कन्फरेन्समा प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह समेतको सहभागिता रहेको थियो ।