बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

मंगलबार, बैशाख १८ २०८१

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूको संयुक्त बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने सहमति भएको हो ।

सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीले थप एउटा मन्त्रालय पाउनेछ भएको छ ।

बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक सुरेन्द्र पाल, भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका नाउपाका कैलाश चौधरी, प्रदेश सभा सदस्य टीका थापा, स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशी सहभागी थिए ।