काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघको सहकार्य र नेपाल एपीएफ अस्पतालको सहयोगमा एन.आर. कलेजका पूर्व विद्यार्थी समाजले काठमाडौँको तारकेश्वर नगरपालिका–११ स्थित नेपालटारमा बैशाख १७ गते एक दिने रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा संचालन गरिएको कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल लगायत संघका पदाधिकारी, स्थानीय भद्रभलाद्मी, एन.आर. कलेजका शिक्षक तथा पूर्व विद्यार्थी र स्थानीय वासिन्दाहरुको समेत उपस्थित रहेको थियो ।
कलेज समुदाय सहकार्य कार्यक्रम अन्तर्गत संचालन गरिएको स्वास्थ्य शिविरमा साधारण स्वास्थ्य परिक्षण, स्त्री रोग, बाल रोग, आँखा, थाईराईड, ईएनटी लगायतका रोगहरुको समेत निःशुल्क परिक्षण गरिएको थियो ।
शिविरमा महिला, बालबालिका र बृद्धबृद्धा गरी कुल २ सय ६४ जना सेवाग्राहीहरुको स्वास्थ्य परिक्षण गर्नुकासाथै ४१ जनाले रक्तदान गरेका थिए ।