बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

सुहाङलाई विजयी गराएपछि इलामेली मतदातालाई ओलीको धन्यवाद

मंगलबार, बैशाख १८ २०८१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम- २ मा फराकिलो अन्तरले विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएका छन् ।

प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरे ।

५८३० भोटले पछि पार्दै प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका सुहाङलाई अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

उनले सुहाङलाई इलाम जाँदा कति मतले जितिन्छ भनेर प्रश्न गर्दा जवाफमा सुहाङले इलामेली जनतालाई सोध्नुपर्छ भनेर भनेको समेत उल्लेख गरेका छन् ।

साथै ओलीले एमालेले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको उल्लेख गर्दै आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै जाने प्रतिवद्धता समेत जनाएका छन् ।