बझाङ । उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।
कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतान्तरले पराजित गर्दै एमालेका भण्डारी विजयी भएका छन् ।
एमालेका भण्डारीले ११ हजार ६१२ मत ल्याएर विजयी बन्दा कांग्रेसका सिंहले ११ हजार ३४६ मत ल्याए । यस्तै यहाँ माओवादी केन्द्र तेस्रो भएको छ । उसले ३ हजार ९६७ मत प्राप्त गरेको छ ।