बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

आईपिएलमा आज : कोलकातालाई हराउँदै दोश्रो स्थानमा उक्लिने दिल्लीलाई मौका

सोमबार, बैशाख १७ २०८१

काठमाडौँ । १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटलबिच हुनेछ । आज कोलकातालाई हराउँदै दोश्रो स्थानमा उक्लिने मौका दिल्लीलाई रहेको छ । खेल कोलकत्ताको घरेलु मैदान ईडेन गार्डेन्स स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

जारी सिजनको आईपिएलमा आजको ४७ औं खेल हो । कोलकाता नाइट राइडर्सले आज नवौँ खेल खेल्न लागेको हो भने दिल्ली क्यापिटल्सले ११औँ खेल खेल्न लागेको हो ।
कोलकाताले यसअघि खेलिएको आठमध्ये पाँच खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । कोलकाता १० अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । दिल्ली क्यापिटल्सले भने यसअघि खेलिएको १० मध्ये पाँच खेलमा जित र पाँच खेलमा हारको नतिजा निकालेको छ । दिल्ली पाँच खेलबाट १० अंक बटुल्दै तालिकाको छैटौँ स्थानमा  छ ।

इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबिच हालसम्म कुल ३३ खेल खेलिएको छ । त्यसमध्ये १७ खेलमा कोलकाताले दिल्लीलाई हराएको छ । १५ खेलमा भने दिल्लीले कोलकातालाई पराजित गरेको छ । यी दुई टोलीबिचको एक खेल भने अनिर्णित रुपमा सकिएको छ ।

जारी सिजनको आईपीएलमा कोलकाता र दिल्लीबिच भिडन्त हुन लागेको यो दोस्रो पटक हो । यसअघि खेलिएको पहिलो खेलमा कोलकाताले दिल्लीलाई एक सय ६ रनको फराकिलो अन्तरले हराएको थियो ।

्