काठमाडौं । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ तारकुवामा जिप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ भने अन्य घाइते भएका छन् ।
बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको जिप दूधकोशी नदी किनारमा खसेको छ ।
दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक दल कुमार राईले जानकारी दिए ।
जिपमा के-कति यात्रु सवार थिए यकिन हुन सकेको छैन ।