बझाङ । उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभा –१ प्रदेशसभा (क) को उपनिर्वाचनमा २६ हजार ८ सय १ मत गणना सकिएको छ ।
शनिबार २ बजेबाट शुरु भएको मत गणना हालसम्म थलारा गाउँपालिकाको एक वडा सहित छबिसपाथिभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, सुर्मा गाउँपालिका, जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिकाको र तलकोट गाउँपालिकाको तगणना सकिँदा कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिएका छन् ।
अहिले सम्मको प्राप्त मत परिणाम अनुसार तलकोट गाउँपालिकाको वडा नम्बर १,२,३ को मत गणना सकिँदा एमालेका उम्मेदवार भण्डारीले ९ हजार ८ सय ८९ मत प्राप्त गरेका छन् । काँग्रेसका उम्मेदवार सिंहले ९ हजार ८ सय ८० मत प्राप्त गरेका छन् ।
अहिले नेपालली कांग्रेस र नेकपा एमाले बिच मुख्य प्रतिशप्रधा देखिएको भएपनि अब मतगणना बाँकि रहेका दुबै पालिका स्थानीय निर्वाचनमा एमाले जितेको भएर एमालेको कोर एरिया भन्दै एमालेले जित्ने आँकलन गरिएको छ ।
यसअघि मष्टा गाउँपालिकाको मत गणना सकिँदासम्म पछि रहेका भण्डारी तलकोट गाउँपालिकाको मत गणना पछि अग्रस्थानमा उक्लिएका हुन् । त्यस्तै नेमपा माओवादीका केन्द्रमा उम्मेदवार जनक बुढाले ३ हजार ६ सय ५३ र एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ४ सय ५ मत प्राप्त गरेका छन् ।