बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

इलाममा कांग्रेसका खड्का र पहिचान पक्षधर थेगिमको मतान्तर ४२३ मात्र

सोमबार, बैशाख १७ २०८१

इलाम । प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले मतान्तर ३ हजार सातभन्दा बढी पुर्‍याएका छन् ।

सुहाङ आफूलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा ३७५४ मतले अगाडि छन् ।

जारी मत गणनामा एमालेका सुहाङले ११ हजार ७८ मत प्राप्त गरेका छन् । कांग्रेसका खड्काले ७ हजार ३ सय २४ मत प्राप्त गरेका छन् । यहाँ पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले कांग्रेस उम्मेदवार खड्कालाई पछ्याइरहेका छन् ।

थेगिमले ६ हजार ९ सय १ मतका साथ तेस्रो स्थानमा छन् । खड्का र थेगिमबीचको मतान्तर ४२३ को मात्र छ । रास्वपाका मिलन लिम्बू भने सुरुवात देखिनै चौथो स्थानमा छन् । उनले १ हजार ५ सय १२ मत ल्याएका छन् ।

हालसम्म फाकफोकथुम , माङसेबुङ र चुलाचुली गाउँपालिकाको गणना सकिएको र माईनगरपालिकाको ६,७ र ८ गणना हुँदै छ ।