बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

दुबै मृगौला फेल र एचआईभी पोजिटिभ भएका रमितद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

सोमबार, बैशाख १७ २०८१

काठमाडौं । दुवै मृगौला फेल भएका काभ्रे जिल्ला डाँडापारी महाभारत –१ गोकुले, छोटेसहानका रमित थिङले उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन् ।
बिगत २ बर्षदेखी दुबै मृगौला फेल भएर उपचार गराउदै आएका २३ बर्षिय रमितलाई एचआईभी पोजेटिभ भएपछि थप उपचार खर्च लाग्ने र परिवारको आर्थिक अवस्था अत्यन्तै दयनिय भएकोले उपचारका लागि सहयोग गर्न सबैमा अपिल गरेका हुन् ।
रमितले हाल काठमाडौंको टिचिङ अस्पतालमा उपचार तथा हप्ताको २र३ पटक डायलासिस गरिरहेको बताएका छन् । उनलाई उपचारकै क्रममा करिब ६ महिना अगाडि देखि एचआईभी पोजेटिभ देखिए पछि थप औषधी सेवन गर्नु पर्ने भएकोले आर्थिक समस्या भएको उनका दाई सविन थिङले बताए । रमितको दुवै मृगौला फेल मात्रै होइन एचआईभी पनि पोजेटिभ देखिए पछि अहिले उनी जीवन मरणको दोसाँधमा बाँचिरहेका छन् । २१ बर्षको उमेर देखि नै दुवै मृगौला फेल भएका उनी राम्रो खाने, लाउने उनको सपनामाथी अहिले रोग पहाड बनेर उभिएको छ । तर जीवन मरणको दोसाँधमा रहेका उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ ।
६२ बर्षीय आमा लक्ष्मी माया थिङको कोखबाट कान्छो छोराको रूपमा जन्मिएका रमित थिङले गोकुले मा.वि. बाट १२ पास गरि नेपालमा रोजगारी नभए पछि वैदेशिक रोजगारीमा जाने तयारी थियो । बुवा रमित गर्भमा हुदै मृत्यु भएको हुन भने एक दिदी जनयुद्धमा सहिद भएको थियो । रमित थिङ बचाउ अभियानले विभिन्न देश तथा विदेशमा रहेका सहयोगी मनबाट भएको आर्थिक संकलनले हाल सम्म उपचार गरि रहेको र रोग थप भएकोले संकलन भएको र घरको पनि पैसा सकिएकोले हाल आर्थिक समस्या भएको परिवारजनको भनाई छ । नयाँ जीवनको आशामा बाँचिरहेका पिडित थिङले सहयोगको लागि सबै सामु अपिल गरेका छन् ।
टिचिङ अस्पताल महाँराजगंज काठमाडौंमा उपचार गरिरहेका थिङको आर्थिक अवस्था निकै कमजोर र एचआईभी पोजेटिप भए थप उपचारका लागि आर्थिक समस्या भएको हो । सामान्य कृषक परिवारमा जन्मिएका थिङले भर्खरै पढाई सकेर घरको आर्थिक अवस्थ हेरेर वैदेशिक रोजगारीमा जाने तयारी थियो । तर बिडम्बना दुबै मृगौला फेल र त्यहि माथि एचआईभी पोजेटिभ भएपछि अहिले उनी समस्यामा छन् ।
परिवारले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन् । दुबै मृगौला फेल र एचआईभी पोजेटिभ थिङलाई सहयोग गर्न चाहानेले रमित थिङको लक्ष्मी सनराइज बैंकको खाता नं. ०१४११६१२६३२०५००१ मा जम्मा गरिदिन वा ९७६२३४२४०३ र ९८४७७४७१०८ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।