बझाङ । बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा नेकपा एमाले र कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ ।
एमाले र कांग्रेस उम्मेदवारबीच उछिनापाछिन चलिरहेको छ । सुरुवाति निरन्तर अग्रता लिएको एमाले आइतबार मध्यरातदेखि विहानसम्म पछि परेको थियो । फेरि अहिले कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै एमाले उम्मेदवार दमन भण्डारी अगाडी बढेका छन् ।
एमालेका भण्डारीले ९ हजार ८८९ मत पाउँदा सिंहले ९ हजार ८८० मत पाएका छन् ।
माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३६६३ र एकीकृत समाजवादीका उम्मेदवार दिल बहादुर सिंहले २४०५ मत ल्याएका छन् ।
अब तलकोट गाउँपालिकाको वडा नम्बर ४, ५, ६ र ७ त्यस्तै साईपाल गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्म सबै वडाको मतगणना गर्न बाँकी छ ।
गणना गर्न बाँकी रहेका वडाहरु यस अघिको स्थानीय तहको निर्वाचनमा अधिकांश एमालेले जितेका वडा हुन् ।