बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

बझाङमा राेचक बन्दै चुनावी प्रतिस्पर्धा, एमाले भन्दा कांग्रेस ८३ भाेटले अगाडि

सोमबार, बैशाख १७ २०८१

बझाङ । उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभा –१ प्रदेशसभा (क) को मतगणनामा कांग्रेसको अग्रता कायमै छ ।

सुरुवाति चरणमा एमालेका दमन भण्डारीले अग्रता लिएकोमा पछिल्लो समय कांग्रेसका अभिषेक सिंहले निरन्तर अग्रता लिएका छन् ।

तर पछिल्लो परिणाम अनुसार एमालेका भण्डारीले मतान्तर घटाइरहेका छन् । कांग्रेसका सिंहले ९१६७ मतका साथ अग्रता लिइरहेका छन् भने भण्डारीले ९०८४ मतका साथ पछ्याइरहेका छन् ।

उनीहरूबीचको मतान्तर ८३ भाेटकाे मात्रै छ ।

यस्तै माओवादी केन्द्रका जनक बुढाले ३५३५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २३४७ मत ल्याएका छन् ।

हालसम्म जयपृथ्वी नगरपालिका, खप्तड छान्ना, छविसपाथिभेरा, थलारा, सुर्मा र मस्टाको गणना सकिएको छ भने अब साइपाल र तलकोटको गणना हुन बाँकी छ ।