इलाम । इलाम क्षेत्र नम्बर २ एमालेले ३०५९ मतले अग्रता लिएको छ ।
विहान १० बजे सार्वजनिक मत परिणामअनुसार एमालेका सुहाङ नेम्वाङले १०,००३ मत पाएका छन् । भने नेपाली कांग्रेसका डम्बर खड्काले ६,९४४ मत पाएका छन् ।
पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५५९१ मत ल्याएका छन् । उनले कांग्रेसका डम्बर खड्कासँगकाे मतान्तार घटाउँदै लगेका छन् । उनीहरुबीचकाे मतान्तर १३५३ रहेकाे छ । डकेन्द्रले माङसेवुङ क्षेत्रमा मत गणना सुरु भएसँगै डम्बरसँगको मतान्तर कम गर्दै लगेका हुन् ।
यस्तै रास्वपाका मिलन लिम्बू यहाँ सुरुवातदेखिनै चाैथाे स्थानमा छन् । उनले १४४३ मत पाएका छन् ।
यहाँ २४, ७३८ मत गणना भएको छ । अहिले माङ्सेबुङ ४, ५, ६ गणना भइरहेको छ ।
यस्तै फाकफोकथुमको ६ वडा, चुलाचुलिको ६ वडा र माङ्सेबुङको ३ वडा गरि १५ वडा मतगणना भइसकेको छ ।