शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

बझाङमा एमाले उम्मेदवार भण्डारीले घटाए मतान्तर

सोमबार, बैशाख १७ २०८१

बझाङ । उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभा –१ प्रदेशसभा (क) को मतगणनामा कांग्रेसको अग्रता कायमै छ ।

हालसम्म थलारा गाउँपालिकाको ९ सहित छबिसपाथिभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, सुर्मा गाउँपालिका, जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिकाको वडा नम्बर १,२,३,४ र ५ को मतगणना सकिँदा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता कायमै राखेका हुन् ।

अहिले सम्मको प्राप्त मत परिणाम अनुसार कांग्रेसका अभिषेक बहादुर सिंहले ८ हजार ६ सय २६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ८ हजार ३ सय ९६ मत सहित उनलाई पच्छ्याइ रहेका छन् ।

एमालेका भण्डारीले लगातार मतान्तर घटाइ रहेका छन् । यसअघि २ सय ६४ मतले पछाडि रहेका भण्डारीले अहिले मतान्तर घटाउँदै २ सय ३१ मतान्तरले पछाडी छन् ।

त्यस्तै माओवादीका उम्मेदवार जनक बुढाले ३ हजार १ सय ५३ र एकीकृत समाजवादीका उम्मेदवार दिल बहादुर सिंहले २ हजार २ सय ८७ मत प्राप्त गरेका छन् । एमालेका भण्डारी भन्दा कांग्रेसका सिंह २३१ मतान्तरले अगाडी छन् ।

अहिले मस्टा गाउँपालिकाको मतगणना भइरहेको छ । अब मस्टा, तल्कोट र साइपाल गाउँपालिकाको मतगणना बाँकी रहँदा नेपाली कांग्रेस र नेकपा एमालेबिच कडा टक्कर हुने देखिएको छ ।

तलकोटमा एमालेको पकट क्षेत्र रहेकाले कांग्रेसलाई उछिन्दै एमाले अगाडी बढ्ने आँकलन गरिएको छ ।

हालसम्म जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका, थलारा–९ र मस्टा गाउँपालिका–१ र २ को मत गणना सम्पन्न भएको छ ।