बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

सहकारी ठगका नामको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्छु : गृहमन्त्री

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौँ – गृहमन्त्री लामिछानेले सहकारीका कारण नागरिकको घरबास उठ्ने अवस्था आएकाले आफूले त्यसलाई टुलुटुलु हेरेर बस्न नसक्ने बताए। सरकारले सहकारी ठगका नाममा रहेको सम्पत्ति र उनीहरुले आफ्ना आफन्तका नाममा बनाएको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने गरी काम गर्ने आश्वासन दिएका थिए।

गृहमन्त्री लामिछानेले सहकारीको समस्या छिटो समाधान गर्न आवश्यक रहेको भन्दै बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरेका थिए। मन्त्रिपरिषद् बैठकले उक्त समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने निर्णय गरेको थियो।