बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

एक केजीभन्दा बढी सुन र एक करोड ४३ लाख नगदसहित काठमाडौंबाट ७ जना पक्राउ

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७ जना पक्राउ गरेको छ ।

उनीहरूलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूको विस्तृत विवरण प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ ।