शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

वेस्ट इन्डिज ए सँग खेल्न नेपाली टोलीकाे घोषणा, को-को परे टीममा ?

बिहिबार, बैशाख १३ २०८१

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’विरुद्ध टी-२० शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल छन्।

यस्तै गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा, विवेक यादव र आकाश चन्द पनि टोलीमा छन्।

नेपालले विश्वकप तयारीका लागि वेस्ट इन्डिज ‘ए’सँग घरेलु मैदानमा खेल्दै छ। वेस्ट इन्डिज ए पहिलो पटक नेपाल आएको हो।

नेपाल र वेस्टइन्डिज ए बीचको पहिलो खेल शनिबार हुनेछ । नेपालले जेठमा हुने आईसीसी टी-२० विश्वकपअघि यस सिरिजलाई तयारीको रुपमा समेत लिएको छ ।