शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एसीसी प्रिमियर कप : नेपाल आज युएईसँग सेमिफाइनल खेल्दै, यस्तो छ ‘हेड टु हेड’

शुक्रबार, बैशाख ७ २०८१

काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार मध्याह्न ११ः४५ मा अलअमरेत क्रिकेट ग्राउन्ड १ मा सुरु हुनेछ ।

समुह ए बाट नेपाल समुह विजेता र हङकङ उपविजेता हुदै सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट ओमान विजेता र युएई उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

नेपाल र युएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्दी मानिन्छन् ।

नेपाल र यूएई टी२० मा अहिले सम्म ९ पटक भिडेका छन् । जसमा नेपाल पाँच खेलमा विजयी भएको छ भन चार खेलमा युएई विजयी भएको छ ।

पछिल्लो समय नेपालमा नै भएको आइसिसी टी–२० विश्वकप एसिया छनोटमा नेपालले युएईलाई आठ विकेटले हराएको थियो । त्यसअघि नेपाल, हङकङ र युएईबीचको टी२० सिरिजको समूह चरणका दुवै खेलमा नेपालले युएईलाई पराजित गरेको थियो ।

उक्त सिरिजको फाइनलमा नेपाल युएईसँग चार विकेटले पराजित भएको थियो । यी दुई बीचको खेललाई एसिसियट्स देशको क्लासिको समेत भनिन्छ ।

त्यस्तै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दै छन् । यो खेल अपराहन्न ४ः१५ बजेदेखि शुरु हुने छ ।यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी२० एशिया कपमा खेल्न पाउने छ भने शिर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुने छन् ।