बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

रुसी सेनामा कार्यरत नेपालीका आफन्तद्वारा सिंहदरबार अगाडि प्रदर्शन, ११ जना पक्राउ

बिहिबार, बैशाख ६ २०८१

काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आफन्तहरुले बिहीबार सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् ।

रुसी सेनामा रहेका नेपालीका परिवारका सदस्यहरुले सिंहदरबार दक्षिण गेटअघि प्रदर्शन गरेका हुन् ।

रुसी सेनामा भर्ति भएका नेपालीको सकुशल उद्धार र मृत्यु भएकोहरुको शव फिर्ता ल्याउन माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । सो क्रममा ११ जना पक्राउ परेका छन् ।

उनीहरुले युद्धमा घाइते नेपालीको उचित उपचार र रुस सरकारबाट पाउने तलब, भत्ताका लागि सहजीकरण गरिदिनसमेत माग गरेका छन् ।