मेल्लेख गाउँपालिका–६ सोडषा बस्ने खम्म बोहराको घरमा सोमबार बिहान आगलागी हुँदा सोही आगलागीमा जलेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने रमेश बोहराको छोरा ६ वर्षीय गोपाल बोहरा र दिपक बोहराकी छोरी ८ वर्षीया भावना बोहरा रहेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।