शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सुनको मूल्यमा एकपछि अर्को कीर्तिमान, आज २४ सय रुपैयाँले बढ्यो

शुक्रबार, चैत्र ३० २०८०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकपछि अर्को कीर्तिमान कायम गरेको छ ।

केही दिनदेखी बढीरहेको सुनको मूल्य नेपाली बजारमा आज पनि बढेर हालसम्मकै उच्च मुल्य कायम भएको छ ।

बिहिबार भने सुनको मूल्य घटेको थियो । बिहिबार प्रतितोला २ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने प्रतितोला २४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४५० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।