बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पार्टी सभापतिको उम्मेदवार हुने कांग्रेस नेता चन्द्र भण्डारीको घोषणा

आइतबार, चैत्र २५ २०८०

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले आगामी महाधिवेशनमा आफू पार्टी सभापति पदमा उम्मेदवार हुने घोषणा गरेका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता भण्डारीले यस्तो घोषणा गरेका हुन् ।

‘सधैं अरूलाई मात्रै बोकेर हिडेर भएन नि अब त मै सभापतिको उम्मेदवार हो, संसदीय दलको उम्मेदवार हो’ उनले भने ।

नेता भण्डारीले गृहमन्त्री रवि लामिछानेलगायत सहकारी ठगी प्रकरणमा नाम जोडिएका नेताहरुमाथि अनुसन्धान गर्न छानवीन समिति गठन हुनुपर्ने पनि बताए ।

‘विगतमा अरुमाथि औंला उठ्याउनेहरुले आफूमाथि प्रश्न उठेपछि छानबिनका लागि तयार भएर नैतिकता देखाउनुपर्छ,’ भण्डारीले भने, ‘संसदीय छानवीन समिति माग गर्नु नयाँ दल वा गृहमन्त्रीप्रति कुनै आग्रह पुर्वाग्रह होइन ।’

नेता भण्डारीले आवश्यकता भन्दा धेरै जनप्रतिनिधि र कर्मचारी भएका कारण विकास निर्माणका लागि बजेट नपुगेको बताए । भण्डारीले ३६ हजार जनप्रतिनिधिलाई १८ हजारमा र एक लाख कर्मचारीलाई ५० हजारमा झार्नुपर्ने बताए ।