बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

वैवाहिक बलात्कारको जाहेरीसँगै गायक रवि ओडलाई पक्राउ पुर्जी

शुक्रबार, चैत्र २३ २०८०

काठमाडौं । नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी छिन्।

कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनले गत २० गते जाहेरी दिएकी हुन् ।

उजुरी पछि गायक ओडविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक चक्रराज जोशीका अनुसार ओडविरुद्ध उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी हुन्। उजुरी पछि ओडविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको उनले बताए।

उनको श्रीमतीको मेडिकलको प्रक्रिया भइरहेको र अनुसन्धान सुरु भइसकेको बताइएकाे छ। गायक ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो । उनी अहिलेसम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ ।