बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

नर्सिङ कलेजको साढे पाँच तलाबाट हाम फालेकी छात्राको मृत्यु

शुक्रबार, चैत्र २३ २०८०

दोलखा । दोलखा सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट हाम फालेकी छात्राको मृत्यु भएको छ।

बिहीबार बेलुका भवनको साढे पाँच तलाबाट बिहीबार साँझ हाम फालेर गम्भीर घाइते बनेकी करुणा अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो।

घाइते भएकी अधिकारीलाई उपचारका लागि काठमाडौँ पुर्‍याएको थियो। उपचारको क्रममा भक्तपुरस्थित मध्यपुर अस्पतालमा गए राति उनको निधन भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

पोखराकी घर भएकी अधिकारी कलेजमा पिसिएल नर्सिङको पहिलो वर्षमा अध्ययनरत थिइन्। उनले के कति कारणले हामफालिन् भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विदामा घर गएकी उनी बुधबार मात्र चरिकोट फर्किएकी थिइन् ।  अन्दाजी १९ वर्षीया अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेकी थिइन् । आत्महत्याको प्रयास गरेको हो या केही कारण हो प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।