काठमाडौं । गायक राजेश पायल राई पक्राउ परेका छन् ।
मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन् ।
राजेश पायल राईसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी पुग्दा उल्टै प्रहरीलाई नै थर्काएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । गायक राईसहित पक्राउ परेकालाई आफन्तको जिम्मा लगाउने प्रहरीको तयारी छ ।