बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

धोनीको विष्फोटक इनिङका बाबजुद चेन्नाईको २० रनको हार

सोमबार, चैत्र १९ २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा जारी सिजन पहिलो पटक ब्याटिङ गरेका महेन्द्र सिंह धोनीले विष्फोटक इनिङ खेलेपनि चेन्नई पहिलो पटक पराजित भएको छ। आइतबार राति दिल्लीले सिजनमा पहिलो जित निकाल्ने क्रममा चेन्नईलाई २० रनले पराजित गर्न सफल भयो।

महेन्द्रसिंह धोनी मैदानमा प्रवेश गर्ने बेलासम्म चेन्नईको हातबाट खेल लगभग गुमिसकेको थियो । तर पनि उनको मैदान प्रवेशसँगै उनका समर्थकले हुटिङ गरेका थिए । ४२ वर्षीय विकेटकिपर धोनीको ठूला सट हेर्न दर्शन आतुर थिए । नभन्दै उनले उत्कृष्ट ठूला सट हानेका थिए । धोनीले १६ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ३७ रन हाने । तर टिमको हारलाई भने उनले जोगाउन सकेनन् ।

आठौं नम्बरमा ब्याटिङका लागि क्रिजमा आएका धोनीले विष्फोटक इनिङ खेलेपनि त्यो टिमका लागि ढिला भइसकेको थियो। चेन्नई तेस्रो खेलमा पहिलो हार भोग्न बाध्य भयो। दिल्लीको भने यो तेस्रो खेलमा पहिलो जित हो।

विशाखपट्नामा टस जितेर पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो। दिल्लीका लागि डेभिड वार्नर र ऋषभ पन्तले अर्धशतकीय इनिङ खेलेका थिए। वार्नरले ५२ रन बनाउँदा ऋषभले ५१ रन बनाएका थिए। त्यस्तै पृथ्वी साहले ४३ रन बनाउँदा मिचेल मार्सले १८ रन जोडे। चेन्नईका लागि मथिसा पथिरानाले ३ विकेट लिएका थिए।

१ सय ९२ रनको लक्ष्य पछ्याएको चेन्नईका लागि आठौं नम्बरमा ब्याटिङका लागि आएका महेन्द्र सिंह धोनीले १६ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ३७ रनको अविजित इनिङ खेल भने उनलाई रविन्द्र जडेजाले २१ रनमा साथ दिएपनि टिम २० रनले पराजित भयो।

उसका लागि थप दोहोरो रनको स्कोरका रुपमा आजिंक्य रहाणेले ४५ रन बनाउँदा ड्यारी मिचेलले ३४ रन बनाए भने शिवम् दुवेले १८ रन बनाएका थिए। दिल्लीका लागि मुकेश कुमारले ३ विकेट लिंदा खलिल अहमेदले २ तथा अक्षर पटेलले १ विकेट लिए।