बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सोमबार, चैत्र १९ २०८०

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ ।

बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

यस्तै, आजको बैठकमा वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।