बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

बालुवाटारमा संवैधानिक परिषद्को बैठक

आइतबार, चैत्र १८ २०८०

काठमाडौं । बालुवाटारमा सुरु भएको संवैधानिक परिषद्को बैठक जारी छ ।

बैठक बिहान ९ बजेबाट सुरु भएको हो । बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नसक्ने सम्भावना रहेको बताइएको छ ।

यसअघि १२ चैतमा बैठक बोलाइएको थियो । तर, उक्त बैठक बस्न नसकेपछि आज बैठक बोलाइएको हो ।

बैठकले रिक्त महालेखापरीक्षकसहित निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा रिक्त पदाधिकारी सिफारिस गर्ने तयारी छ ।

संवैधानिक परिषद्को बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहालले शनिवार साँझ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेर भेट वार्ता गरेका थिए ।

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।