बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

रुख ढलेर च्यापिँदा पाल्पामा एक युवकको मृत्यु, एक जना घाइते

आइतबार, चैत्र १८ २०८०

तानसेन । पाल्पामा हावाहुरीले रुख ढलेर च्यापिँदा एक युवकको मृत्यु भएको छ ।

तानसेन डुम्रेस्थित जरे पिपल नजिकै शनिवार बेलुकी सल्लाको रुख पल्टेर लाग्दा स्कुटर चालक तानसेन–५, कैलाशनगरका २० वर्षीय भुवन सिंजालीको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

शनिबार एक्कासि हावा हुरी आएपछि सिद्धार्थ राजमार्गको रुख नजिकै बसेका सिंजालीको ढलेको रुखले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । सिंजालीको घटनास्थलमै ज्यान गएको उनले बताए ।

उनीसँगै रहेका तानसेन –२ सिल्खानटोलका २० वर्षीय प्रथम शाही भने घाइते भएका छन् । उनको एलएमसीमा उपचार भइरहेको छ ।

हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग १०प ६७२१ नम्बरको स्कुटर र मोटरसाइकल पनि च्यापिएको छ ।